धनगढी रोटरी क्लबद्धारा बाढी पिडित परिवारका लागी खाद्यान्न हस्तान्तरण

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
धनगढी रोटरी क्लबद्धारा  बाढी पिडित परिवारका लागी खाद्यान्न हस्तान्तरण



धनगढी रोटरी क्लब अफ धनगढीले बाढी पिडित परिवारका लागी खाद्यान्न हस्तान्तरण गरेको छ । शनिबार कैलालीको भजनी नगरपालिकामा बाढी विस्थापित २ सय परिवारका लागि खाद्यान्न हस्तान्तरण गरेको हो ।

बाढीबाट विस्तापित विस्थापित भएका २ सय परिवारका लागि प्रति परिवार १० किलो चामल, २ किलो दाल, एक किलो नुन, साबुन सहितको सामान जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीलाई हस्तान्तरण गरिएको, क्लबका उपाध्यक्ष डाक्टर प्रतिक्षासिह राठौरले जानकारी दिईन्।

दुई सय जनाका लागि पाईएको उक्त राहत सामाग्री क्लबका पुर्व अध्यक्ष डाक्टर गणेशबहादुर सिहले हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लबका चार्टर प्रसिडेन्ट प्रकाश भट्ट, पुर्व अध्यक्ष हरिशंकर ठाकुर, पुष्कर ओझा सहितका रोटरीयनहरुको सहभागिता रहेको थियो।

बाढीका कारण कैलालीको भजनी नगरपालिकाका भरीमा ५ सय भन्दा बढी परिवार हुलाकी सडकमा त्रिपाल टागेर बसेका छन। रोटरी क्लब अफ धनगढीले, शुक्रबार मात्रै चिउरा चाउचाउ बाढी प्रभावित क्षेत्र पठाएको थियो।

राहत वितरण एकद्धार प्रणालीबाट मात्र दिन पाईने भएकाले रोटरी क्वब अफ धनगढीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाएको हो। उक्त राहत सामाग्री शनिबार नै प्रभावित क्षेत्र पठाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

जनाअवजको टिप्पणीहरू