दुर्घटनामा घाइते भएकी प्रदेशसभा सदस्य थापाको काठमाडौंको अन्नपूर्ण हस्पिटलमा उपचार हुदै
बोलन्या थली |
१८ श्रावण २०७७, आईतवार
धनगढी, १८ साउन । धनगढीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बि थापाको काठमाडौंको अन्नपूर्ण हस्पिटलमा उपचार भैइरहेको छ।
टाउकोमा चोट देखिएपछि थप उपचारका लागि शनिबार राती १० बजे सेनाको स्काई ट्रक मार्फत काठमाडौँको अन्नपुर्ण न्युरो अस्पताल रेफर गरिएको हो।
शनिबार धनगढी उप–महानगरपालिका वडा नम्मबर ८ बुद्ध चोकमा धनगढी बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।
घाईते भएकी प्रदेश सभा सदस्य थापालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। सेतीले धनगढीकै माया मेट्रो अस्पतालमा सिटिस्क्यानका लागि पठाएको थियो। उपचार हुन नसकेपछि काठमान्डौ रेफर गरेको थियो ।