वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

वीरगञ्जमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शनिबारसाँझ ६ बजे वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

त्यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
 

जनाअवजको टिप्पणीहरू