राजनीतिक सहमतीका नाममा विधान मिच्न नहुने : नेता महर
बोलन्या थली |
१७ श्रावण २०७७, शनिबार
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता नैनसिंह महरले राजनीतिक सहमतीका नाममा विधान मिच्न नहुने बताएका छन् । हरेक बिषयको समाधान मात्र विधान भएको भन्दै कसैलाई फाईदा पुग्दा राजनीतिक सहमति, घाटा हुँदा विधान भन्ने प्रवृति प्रजातान्त्रिक हुन नसक्ने टिप्पणी गरेका हुन् ।
नेता महरले सामाजिक संजाल फेसबुकमा लेखेका छ्न,- ”हरेक बिषयको समाधान मात्र विधान हो । कसै लाई फाईदा पुग्दा राजनैतिक सहमति ,घाटा हुदा विधान भन्ने प्रवृति प्रजातांत्रिक हुन सक्दैन। काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयो ? लोकतन्त्र लाई उत्तर दिनु पर्दैन ?”