विश्वकै लामो भनिएको झोलुङ्गे पुल सन्चालन, हेर्न आउनेको भिड
बोलन्या थली |
१७ श्रावण २०७७, शनिबार
बागलुङ । बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । शुक्रबारदेखि खुला गरिएपछि पुल पार गर्नेको भीड लागेको छ ।
पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ ।
पुलले एक पटकमा ८५ मेट्रिक टन धान्न सक्ने क्षमता रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । ६ करोड ९१ लाखको लागनिमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।
पुल हेर्न र पार गर्न सर्वसाधारणको भिड लागेको छ ।