किसान नेता भीमदत्त पन्तको ६८औँ स्मृति दिवस आज मनाइदै

बोलन्या थली | १७ श्रावण २०७७, शनिबार
किसान नेता भीमदत्त पन्तको ६८औँ स्मृति दिवस आज मनाइदै

डडेल्धुरा – किसान नेता भीमदत्त पन्तको ६८औँ स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइदै छ ।

किसान नेता पन्तको २०१० साउन १७ मा टाउको काटी हत्या गरिएको थियो।

स्मृति दिवसको अवसरमा डडेल्धुरामा बिहान ७ बजे बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। दिउँसो १ बजे अन्तरक्रिया र साँझ ७ बजे दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि २०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो।

जनाअवजको टिप्पणीहरू