प्रतिनिधि सभाका सासंद प्रदिप यादवलाई कोरोना संक्रमण

बोलन्या थली | १७ श्रावण २०७७, शनिबार
प्रतिनिधि सभाका सासंद प्रदिप यादवलाई कोरोना संक्रमण

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई कोरोना संक्रमण भएको छ । समाजिक संजालमा लेख्दै शुक्रवार आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन।

आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, वीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले वीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोली पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ ।  

माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि संम्वाद गरेको छु,’ उनले लेखेका छन, ‘यसै क्रममा मैले आफ्नो पिसिआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाई आइसुलेट गरेर अहिले आराममा छु । आ-आफ्नो घरभित्र सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला वडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’

जनाअवजको टिप्पणीहरू