कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई सम्मान

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्ण पदक विजेताहरुलाई प्रतिखेलाडी १० हजारका दरले सम्मान गरेको हो ।

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप ५ हजार दिइएको छ । जस अनुसार सागमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै २ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरेको छ ।

नेपालले सागमा स्वर्ण रजत र कास्य गरी २ सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपी रजत र काँस्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित कुल पदक २०६ जितेको थियो । महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।

जनाअवजको टिप्पणीहरू