तरुण दल, नेविसंघलगायतका भ्रातृसंस्थाको म्याद ६ महिना थप (विज्ञप्ति सहित)

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
तरुण दल, नेविसंघलगायतका  भ्रातृसंस्थाको म्याद ६ महिना थप (विज्ञप्ति सहित)

काठमाडौं । नेपाली कांग्रेसका म्याद सकिएका भ्रातृ संस्थाहरुको म्याद छ महिना थप गरिएको छ ।

नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दे पार्टी आवद्ध म्याद सकिएका भ्रातृ संघहरुको पदावधि छ महिना थप गरिएको जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ – नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।

जनाअवजको टिप्पणीहरू