सुदूरपश्चिममा शुक्रबार १ सय १३ जना कोरोना संक्रमीत थपिए

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिममा शुक्रबार १ सय १३ जना कोरोना संक्रमीत थपिए

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रबार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार बझाङका २५ र कैलालीका १५,कञ्चनपुरका १८ र दार्चुलाका १६, बैतडीका १० र डोटीका ३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १६, टीकापुर ७, बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको जनामा कोरोना पुष्टि भएका सूचना अधिकारी श्रेष्ठले बताए ।

जनाअवजको टिप्पणीहरू