शुक्रबार देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिए

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
शुक्रबार देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिए

काठमाडौँ । शुक्रबार देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन्। त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

जनाअवजको टिप्पणीहरू