पश्चिम सेतीको माग गर्दै डोटीमा वृक्षारोपण
डोटी। पश्चिम सेतीको माग गर्दै डोटीमा वृक्षारोपण अभियान चलाइएको छ । बोलन्या थलीले डोटीको दिपायल सिलगढी नगरपालिका – २ को हली खोलाबाट अभियानको सुरुवात गरेको हो ।
अभियान सुदूर पश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमा ७५० बोटका दरले ६६००० बोट बृक्षारोपान गरिने थलीका संयोजक यादव जोशीले बताए । ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना पश्चिम सेती चाँडो बनाउन बोलन्या थलीले विभिन्न रचनात्मक आन्दोलन गर्दै आइरहेको छ ।
वृक्षारोपण कार्यक्रममा स्थानीय, समाजसेवी र वडा अध्यक्ष सहित ६० जनाको उपस्थिति रहेको थियो । वृक्षारोपणका लागी बोटहरू भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले उपलब्ध गराएको संयोजक यादव जोशीले बताए।
यस अघि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौँको माइतीघरमा कचौरा आन्दोलन , संसदहरुको साझा सार , सडक ९ संगीत र सङ्घर्ष , प्रधानमन्त्रीलाई १ लाख पत्र , दिपायलको पुलमा ७५० टुकी आन्दोलन आदि सम्पन्न गरिसकेको छ ।