वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युु

बोलन्या थली | १५ श्रावण २०७७, बिहीबार
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युु

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जम थप एक जनाको मृत्युु भएको छ । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार उनी श्वासप्रस्वासमा समस्या आएपछि गण्डकी कोरोना अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ :४० बजे निधन भएको अस्पतालले जनएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू