निर्मला हत्या प्रकरण : मुद्धा लागेका आठजना प्रहरीले पाए सफाई

बोलन्या थली | १५ श्रावण २०७७, बिहीबार
निर्मला हत्या प्रकरण : मुद्धा लागेका आठजना प्रहरीले पाए सफाई

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्त हत्या प्रकरणमा मुद्धा खेपिरहेका आठैजना प्रहरीले सफाई पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले आज उक्त फैसला सुनाएको छ। 

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो । 

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन्।

जनाअवजको टिप्पणीहरू