कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको उपचारका क्रममा मृत्यु

बोलन्या थली | १५ श्रावण २०७७, बिहीबार
कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको उपचारका क्रममा मृत्यु

कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय युवक गणेश शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

गत असार १२ गते राती क्वारेन्टाइनमा सर्पले टोकेको थियो ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो ।

जनाअवजको टिप्पणीहरू