नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ५१ पुग्यो

बोलन्या थली | १४ श्रावण २०७७, बुधबार
नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ५१ पुग्यो

नेपालमा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको जानकारी दिए।

दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

जनाअवजको टिप्पणीहरू