अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ
बोलन्या थली |
१४ श्रावण २०७७, बुधबार
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी मुद्दामा २० वर्षीय युवक मोहनराज भट्टलाई पक्राउ गरिएको बताए।
उनले विगत केही महिनादेखि प्रेम सम्बन्धमा रहेकी १८ वर्षीया युवतीसँग शारिरीक सम्बन्ध राखेको अश्लिल भिडियो बनाएर सार्वजनिक गरेको आरोप पीडित पक्षले लगाएको बताए।
उक्त विषयमा अनुसन्धान भईरहेको बताउँदै प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले युवकलाई नियन्त्रणमा राखिएको जानकारी दिए।
पीडित पक्षले युवकले विवाह गर्ने प्रलोभन देखाएर अश्लिल भिडियो बनाई सार्वजनिक गरेपछि उनी विरुद्ध जबरजस्तीकरणी मुद्दा दायर गरेपछि प्रहरीले पक्राउ गरेको थियो।


