कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा

बोलन्या थली | १४ श्रावण २०७७, बुधबार
कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा

धनगढी, १५ साउन, कैलालीमा अविरल वर्षाका कारण डेढ सयभन्दा बढी घर डुबानमा परेको छ ।

मंगलबार राती देखि परेको पानीले विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिकामा, जोशीपुर गाउँपालिकामात्रै गरेर डेढ सयभन्दा बढी घर डुबानमा परेको हो । यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार भजनी नगरपालिकामामात्रै १२० भन्दा बढी घर डुबानमा परेको छ । यसैगरी, वर्षाको पानी जमेर धनगढी उपमहानगरपालिकाका मिलनचौक, बोराडाँडी, हसनपुर पार्कमोड क्षेत्र डुबान भएको छ ।

जनाअवजको टिप्पणीहरू