कर्णाली नदीमा पानीको वहाव खतरा नजिक

बोलन्या थली | १४ श्रावण २०७७, बुधबार
कर्णाली नदीमा पानीको वहाव खतरा नजिक

कैलाली । कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो। ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ।

जनाअवजको टिप्पणीहरू