कैलाली क्षेत्र नं- १ को जनप्रतिनिधी खाेइ ?

बोलन्या थली | १३ श्रावण २०७७, मंगलवार
कैलाली क्षेत्र नं- १ को जनप्रतिनिधी खाेइ ?

कैलालीकाे टिकापुरमा युवाहरूले आन्दाेलन गरेका छ्न । कैलालीकाे क्षेत्र नं- १ जनप्रतिनिधी विहिन भएकाे भन्दै आन्दोलनमा उत्रेका हुन । हाम्राे जनप्रतिनिधी खाेइ ?, जनप्रतिनिधी विहिन बनाउन पाइदैन, टिकापुरकाे विकाश खाेइ ?, निर्दाेश भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड लिएर नारा लगाउदै युवाहरू सडक आन्दाेलनमा उत्रिएका थिए ।

साेमबार स्वस्फुर्त उपस्थित युवाहरूले टिकापुरमा जनताले जनप्रतिनिधी नहुदा विकाशमा बाधा भयाे, टिकापुरका कुरा संसदमा कस्ले सुनाइदिने ? निर्वाचित सांसद जेल गए, उप निर्वाचन गर्नु पर्थ्याे या दाेषी नभए आफ्नाे क्षेत्रमा काम गर्न रिहा हुनुपर्थ्याे । यि दुबै काममा कसैले चासाे नदिदा हामी अन्यायमा परेको बताए । कैलालीकाे क्षेत्र नं- १ बाट निर्वाचित रेशम चौधरी हाल जेलमा छ्न ।

जनाअवजको टिप्पणीहरू