सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

बोलन्या थली | १३ श्रावण २०७७, मंगलवार
सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

बझाङ ।  सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्धको कोरोनाका कारण ज्यान गए सगै सो संख्या पुगेको हो ।  

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।

घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए। मृतक असार २४ गते भारतबाट फर्किएका थिए। 

जनाअवजको टिप्पणीहरू