फैसलामाथि उठेका टीका टिप्पणी बारे सर्वोच्चको असन्तुष्टि
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![फैसलामाथि उठेका टीका टिप्पणी बारे सर्वोच्चको असन्तुष्टि](https://bolanyathali.com/wp-content/uploads/2020/06/sarbochha-768x445-1.jpg)
काठमाडौं । सर्वोच्च अदालतबाट भएका पछिल्ला फैसलामाथि विभिन्न टीका टिप्पणी भइरहँदा सर्वोच्चले असन्तुष्टि जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वेच्च अदालतबाट भएका काम कारवाहीबारे भइरहेका टीका टिप्पणी र गतिविधिहरुको सम्बन्धमा ध्यानार्कषण भएको समेत जनाएको छ ।
न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
“न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरो विदितै छ,” प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सर्वोच्चले अनुरोध छ ।
आफ्नै हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएर उनी रिहा भएको सर्वोच्चको पछिल्लो फैसलाबारे अहिले सबैतीर असन्तुष्टी जनाउँदै प्रर्दशन भइरहेका छन् ।
पूर्वडीआईजी कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेका थिए। जुन फैलिामाथि असन्तुष्टी जनाउँदै महान्यायाधिवक्ताको कार्यालयको अनुमतीमा सरकारी वकीलहरुले फैसला पुनरावलोकनका लागि बिहीबार सााझ सर्वोच्चमा निवेदन दिएका थिए । जस उपर हिजो ९आइतबार० सर्वोच्चकै तीन न्यायाधीशको इजलासले अनुमति पनि दिइसकेको छ ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)