सुदूरपश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिम प्रदेशमा सोमबार थप २१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना पोेजेटिभ देखिएको हो ।
सेती प्रादेशिक अस्पताल अनुसार सोमबार अछामका १६ जना र दार्चुलामा एक जनामा गरी १७ जनामा कोरोना पोेजेटिभ देखिएको छ ।
त्यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका छन् ।
