२४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु,मृत्युको संख्या ४८ पुग्यो
बोलन्या थली |
१२ श्रावण २०७७, सोमबार
काठमाडौं, १२ साउन । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज तीनजना मृतक संख्या थपिएसँगै कुल संख्या ४८ पुगेको छ ।
आज पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । जसमध्ये एकजना भारतीय नागरिक हुन् भने दुईजना नेपाली नागरिक हुन् । आज मृत्यु पुष्टि भएका भारतीय नागरिकसहित नेपालमा दुईजना विदेशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।