भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक
बोलन्या थली |
१२ श्रावण २०७७, सोमबार
दार्चुला । कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन भारतले आग्रह गरेको छ । कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई प्रवेश रोक्न भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो।
नेपालले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरे पनि भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्र अझै पनि आफ्नो दाबी गर्दै आएको छ।
भारतको धार्चुला प्रशासनले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै सीमाबाट वार पार गर्नेहरुको संख्या बढ्ने भएकाले प्रवेशमा रोक लगाउन भनेको हो ।