बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बोलन्या थली | ११ श्रावण २०७७, आईतवार
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १ की २६ वर्षीया शर्मिला विष्टको  घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

आज बिहान ७ बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँमा पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।

जनाअवजको टिप्पणीहरू