कैलालीको गोदावरी १ का वडा सदस्य कुटिए


कैलाली । जिल्लाको गोदावरी नगरपालीकामा बाटोमा ग्राबेल गर्ने क्रममा एक जना जनप्रतिनिधिमाथि स्थानिय एक दम्पतीले कुटपिट गरेका छन ।
नगरपालीकाको वडा नम्बर १ भरतपुरमा ग्रावेलको बिषयलाई लिएर भएको बिवादमा वडा सदस्यमाथि कुटपिट भएको हो। सो टोलको राम-जानकी मन्दिर नजिकैको बाटोमा ग्रावेल खसाल्दा पछाडी बाट निजी कारमा आएका स्थानिय कृष्ण बहादुर बोहरा र उनकी श्रीमती सरस्वती बोहराले ग्राबेल वाला गाडी नहटाएको भन्दै वडा सदस्य कृत बहादुर चन्दमाथि कुटपिट गरेका हुन्।
चन्दले ग्राबेल फालेपछि गडी हटाउने भनेपछी बोहराकी श्रीमती एक्कासी आबेशमा आएर उनी माथि झम्टिन शुरु गरेको वडा अध्यक्ष शर्मानन्द भट्टले बताए । बोहरा दम्पतीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा मुद्धा परेको छ।कुटपिटमा संलग्न कृष्ण बहादुर बोहरालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
