कालापानी मनले जोड्यौ, अब सडकले जोडौ : ब्यास अध्यक्ष


दार्चुला ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले पालिकाको १ नम्बर वडाको छाङरु तिङ्करमा सडक पुर्याएर मात्रै नक्सा जारी गर्नुको सान्दर्भिकता शसक्त हुने बताएका छन । देशको सामरिक महत्त्व बोकेको गाउँपालिकामा तुलनात्मक रुपमा छिमेकी बस्ती भन्दा कम भौतिक बिकासले मनोबैज्ञानिक पेलान पर्न सक्ने हुँदा राज्यले ब्यासलाई ” बिशेष क्षेत्रको ” रुपमा बिकास गरेर दीर्घकालीन योजनाको खाका सहित अगाडी बढ्नु पर्ने बताए । उहाँले थपे ” लिपुलेक , लिम्पियाधुरा र कालापानी हाम्रो मुटु हो , यसलाई फिर्ता गर्न सरकारले नक्सा जारी गर्दा देशका पार्टीहरुमा देखिएको राष्ट्रिय एकताले हामिलाई थप उत्प्रेरित बनाएको छ , अब भुमी फिर्ता गर्नपनी यसै सोलारिडिटी देखिनुपर्छ ” ।
पालिकाले खाद्य सामग्री र औषधी सुर्खेत बाट तिङ्कर सम्म हिजो मात्रै प्रती किलो रु २४९।९८ ढुवानीका दरले पुर्याएर स्थानीयलाई रु. ५१ मा चामल दिएको छ ।
( बोलन्या थली संयोजक यादब जोशी र ब्यास गाउँपलिका अध्यक्ष दिलिप बुढाथोकीको अन्तरबार्ताको अंशबाट… )