आजको मौसम; भारी बर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

बोलन्या थली | १० श्रावण २०७७, शनिबार
आजको मौसम; भारी बर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

 साउन १० । पछिल्लो समय देशभरका मनसुनी अवस्था कमजोर बन्दै गएपनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। हाल देशको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेकाले मौसममा सामान्य बदलीसंगैअहिले थोरै स्थानहरुमा हल्का वर्षासमेत भईरहेको छ।

मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक  रहेकाले अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार शनिबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत देखिएको जनाइएको । प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाले सर्तक रहन समेत विभागले अनुरोध गरेको छ ।

जनाअवजको टिप्पणीहरू