आज नागपञ्चमी -धार्मिक ग्रन्थ अनुसार नागदेवको पुजा गर्ने विधि

बोलन्या थली | १० श्रावण २०७७, शनिबार
आज नागपञ्चमी -धार्मिक ग्रन्थ अनुसार नागदेवको पुजा गर्ने विधि

साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा नागको पुजा गर्ने पुरानो चलन चली आएको परम्परागत अनुसार भगवान शिवको गलामा भएको नाग वासुकि हुन भन्ने मान्यता छ । नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ ।यसपटक नागपञ्चमी साउन १० गते शनिबार परेको छ । उत्तरा फाल्गुनी नक्षत्रपछि हस्त नक्षत्र रहनेछ ।यस क्रममा मंगल वृश्चिक लग्नमा जाने हुदाँ खास संयोग हुनेछ ।

यसै दिन कल्कि भगवानको जयन्ती र विनायक चर्तुर्थीको व्रत प्रारम्भ हुनेछ ।नाग पञ्चमी देवः नागपञ्चमी पुजा र व्रतका ८ देवलाई मानिएको छ ।अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नामका अष्ट नागहरुको पुजा गरिन्छ ।नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत खोल्नु पर्छ ।नाग पुजाः पुजा गर्न नागको चित्र वा माटोको सर्पको मुर्ति बनाएर ढोकाको माथी बेसार, चामल र फुल चढाएर नाग देवताको पुजा गरीन्छ । 

त्यसपछि दुध, घीउ र चीनी मिसाएर नाग देवतालाई अर्पित गर्नुपर्छ । नागलाई आरती उतार्नु पर्छ ।यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फर्केर पुजा गरी बिदा गर्नु पर्छ । र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ । धार्मिक ग्रन्थको सहयोगमा तयार पारीएको हो ।

जनाअवजको टिप्पणीहरू