कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको छ।
छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणका लागि कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान गरेको हो।
टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन्। टोलीमा सुरक्षा अधिकारी पनि सहभागी छन्।