सुनको भाउ झन् महँगो, आज १३ सय रुपैयाँ बढ्यो

बोलन्या थली | ९ श्रावण २०७७, शुक्रबार
सुनको भाउ झन् महँगो, आज १३ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्यले दैनिक उचाईको रेकर्ड कायम राख्ने क्रम आज पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढेर ९५ हजार ८ सयको रेकर्ड कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि तोलामा ५ सयले उकालो लागेर ९४ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ८७ डलर हाराहारीमा कारोबार भैरहेका थियो ।

जनाअवजको टिप्पणीहरू