नेपाली भुमिमा भारतीय एसएसबीको दादागीरी कायमै
बोलन्या थली |
९ श्रावण २०७७, शुक्रबार
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वनले आफ्नो कार्य क्षेत्रको सार्वजनिक जमिनमा तारबार निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्की दिएको छ। भूभागको संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार लगाउन खोज्दा एसएसबीले त्यसो नगर्न भन्दै धम्की दिएको हो।
सामुदायिक वन क्षेत्रको जमिन संरक्षण गर्नका लागि तारबार लगाउँन सुरु गर्दा भारतीय एसएसबीले अनावश्यक विवाद झिकिरहेको सिद्धनाथ सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए।
बाझो जमिनमा सफाइ गरेर चारैतिर घेरबार गरी वृक्षरोपण कार्यक्रम अघि बढाउने क्रममा भारतीय एसएसबीले धम्की दिएको उनले बताए।