सेती प्रादेशिक अस्पतालको आइसोलेसन रित्तियो

बोलन्या थली | ९ श्रावण २०७७, शुक्रबार
सेती प्रादेशिक अस्पतालको आइसोलेसन  रित्तियो

धनगढी । सेती प्रादेशिक अस्पतालको आइसोलेसन रित्तिएको छ। पछिल्लो समय कैलालीमा कोरोना संक्रमितको दर घट्दै गएपछि साउन ६ गतेदेखि आइसोलेसन रित्तिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

उक्त अस्पतालको आइसोलेसनमा हालसम्म संक्रमित र शंकास्पद गरी जम्मा १ सय ८३ जना भर्ना भएका थिए। हाल स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसन र होम क्वारेन्टाइनमा संक्रमितहरुलाई राख्न थालिएको उनले बताए। बिहिवार सम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ ।

संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

जनाअवजको टिप्पणीहरू