सुदूरपश्चिममा भोली देखि सार्वजनिक यातायात सञ्चालन हुने
कञ्चनपुर : सरकारले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि सुदूरपश्चिममा पनि यातायात सञ्चालन गर्ने तयारी भएको छ।
केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलवार संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरे संगै सुदूरपश्चिममा पनि तयारी थालिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालि कार्यालयका प्रमुख देवि लाल जोशीले बताए।
यातायात सञ्चालन गर्दा सुरक्षा मापदण्ड अपनाएर मात्रै यातायात सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।यातायात व्यवस्था विभागसँग ५०र५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको महासंघले जनाएको छ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। तर सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए।