साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

बोलन्या थली | ६ श्रावण २०७७, मंगलवार
साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराएका छन् ।

अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै ८ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् । व्यवसायीकै आग्रहमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको अनुमपति दिए पनि केही व्यवसायीले कोरोना बिमालगायतको माग राख्दै यातायात सञचालन गर्न नसकिने बताएका थिए । पछिल्लो सहमतिपछि सञ्चालन हुने भएको छ ।

जनाअवजको टिप्पणीहरू