नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

बोलन्या थली | ५ श्रावण २०७७, सोमबार
नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक वैद्यले बताए ।

उनका अनुसार ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ जनाएको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ ।

वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको छ । खतराको तह पार गरेको स्थानका तल्लोटतीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिएको छ ।

कोशी कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

जनाअवजको टिप्पणीहरू