सेती अस्पातलको प्रयोगशालामा गरिएको परिक्षणमा एक जनामा कोरोना पुष्टि
बोलन्या थली |
५ श्रावण २०७७, सोमबार
कैलाली । कैलालीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती अस्पातलको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ की १५ बर्षिय किशोरीमा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९७ नमुनामध्ये एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको अस्पातलका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।