बाढीले बाजुराको ताँप्रीसेराको पक्की पुल बगायो
बोलन्या थली |
५ श्रावण २०७७, सोमबार
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा रहेको ताप्रिसेरमा साँफे मार्तडी सडक अन्तरगतको पक्की पुल खोलाले बगाएको छ । गएरातीको अबिरल वर्षाका कारण नगरपालि स्थित खेट्टे खोलाले पक्की पुल सहित १ सय रोपनी खेतबारी समेत बगरमा परिणत गरेको छ ।
खेट्टेखोलामा आएको बढीले पसल, खेतबारी लगायत ठुलो धनजनको क्षती गरेको बुढीगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हिरालाल थापाले बताएका छन् ।
बढीले पक्की पुल बगाएसंगै साँफे मार्तडी सडक खण्ड पुर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताए ।