बाजुरामा पहिरोले विद्यालयको भवन जोखिममा
बोलन्या थली |
४ श्रावण २०७७, आईतवार
बाजुरा । बाजुराकोे गौमुल गाउँपालिका–१ माडीमा रहेको महादेव आधारभूत विद्यालयको नवनिर्मित भवनको माथिबाट पहिरो आउँदा लाखौँ मूल्यको नोक्सानी भएको छ।
निर्माण सम्पन्न नहुँदै उक्त विद्यालयको माथिबाट पहिरो खस्दा नवनिर्मित भवन पूरै भत्किने अवस्थामा पुगेको स्थानीय सुरेन्द्र रोकायाले जानकारी दिए।
लगातारको वर्षाका कारण सांसद विकास कोषको २० लाखभन्दा बढी बजेटमा निर्माण भइरहेको भवन पहिरोले बगाउने अवस्थामा छ।


