सुदूरपश्चिममा आज थप १९ जनामा कोरोना पुष्टि
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशाला र डडेल्धुरामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनगढीको प्रयोगशालामा ८ जना र डडेल्धुराको प्रयोगशालामा ११ जना गरी शनिबार १९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
डडेल्धुरामा गरिएको परिक्षणमा डडेल्धुराका दुई जना, बझाङका दुईजना र डोटीका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण देखिएको हो ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएका २३७ नमु्नामध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आज कोरोना संक्रमण पुष्टि भएका ५ जना महिला र ३ जना पुरुष रहेका अस्पातलका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का दुईजना पुरुष, वडा नम्बर १४ का दुईजना महिला, वडा नम्बर १५ का दुईजना महिला, वडा नम्बर १ का एक जना २२ बर्षिय युवामा कोरोना संक्रमण भएको उनले बताए ।
त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ की ३३ बर्षिया एक महिलामा कोरोना देखिएको हो । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ ।