म भित्रको म !
बोलन्या थली |
३ श्रावण २०७७, शनिबार
दीपा जोशी , अछाम
मोती जडित स्वर्णिम महलको कल्पना गरिन कैले !
महत्वाकांक्षा छैन रत्तिभर सम्पतिका लागि मरिन कैले !!
सरलता नै पहिचान हो मेरो ,कमजोरी नठान्नु यसलाई
खुल्ला छ दिल छलकपट गरि कसैमाथि भ्रम छरिन कैले !!
बुझेकि छु अलिकति संसारका नियम कानून पनि
सत्य साबित गर्न खोक्रो आडम्बर देखाइ पापको सागर तरिन कैले !!
सम्मान पाउन त आफूले नि गर्नैपर्छ यो नै आर्दश हो
स्वाभिमानी शिर झुकाई बेकसुरमा अरुको शरण परिन कैले !!
आफ्नै पौरखमाथि गौरव छ मलाई ढल्न दिन्न आत्मसम्मान ,
आफ्नो अस्तित्वमा गर्व छ , छल गरि स्वार्थको भाडो भरिन कैले !!