बजेट निरासा,मौद्रिक नीति उत्साहित

बोलन्या थली | ३ श्रावण २०७७, शनिबार
बजेट निरासा,मौद्रिक नीति उत्साहित

काठमाडौं, साउन ३ । सरकारले कोभिड–१९ को संकटका कारण धर्मराएको अर्थतन्त्रलाई जुर्मुराउने गरी शुक्रबार मौद्रिक नीति ल्याएको छ । सुस्त अर्थतन्त्रलाई पुनरुत्थान र चलायमान गराउने गरी सो मौद्रिक नीति ल्याइएको हो । मौद्रिक नीतिमार्फत कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थानलक्षित विशेष कार्यक्रम ल्याइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आव २०७७(७८ को मौद्रिक नीति सार्वजनिक गर्दै पुनर्कर्जा, कोभिड–१९ बाट अतिप्रभावित पेसा–व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणमार्फत राहतै राहत घोषणा गरेका छन् ।

अधिकांश माग समेटिएर मौद्रिक नीति सार्वजनिक भएपछि उद्योगी व्यवसायी उत्साहित भएका छन् । गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएपछि व्यवसायी उत्साहित भएका हुन् ।

मौद्रिक नीतिमा व्यवस्था गरिएको राहत र कार्यक्रमका कारण लकडाउनले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रलाई राहत दिने गरी आएको मौद्रिक नीतिले व्यावसायिक वातावरण सुधारिने र लगानी बढाउने अपेक्षा निजी क्षेत्रले गरेको छ । राजधानी दैनिकबाट

जनाअवजको टिप्पणीहरू