धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका थप ६ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिममा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका
अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का २३ बर्षीया महिला र २ बर्षिय बालक, धनगढी उपमहानगरपालिका वडा नम्वर १५ का १०,१९ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।