भारतमा नेपालीमाथी दुर्व्यवहार,शीर मुण्डन गरेर ‘जय श्रीराम’ लेख्यो(भिडियो सहित)


भारतमा नेपालीमाथी दुर्ववहार भएको छ । बनारसमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको हो । युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरुले जबर्जस्ति ‘जय श्रीराम’ लेखेका छन् । उत्त संगठन भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामका नेपालमा जन्म भएको अभिव्यक्ति दिएका थिए ।