फेरि नेकपाको स्थायी कमिटी बैठक सर्यो,साउन ४ गते बस्ने

बोलन्या थली | २ श्रावण २०७७, शुक्रबार
फेरि नेकपाको स्थायी कमिटी बैठक सर्यो,साउन ४ गते बस्ने

काठमाण्डौ । नेकपाको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । विवाद समाधानको उपाए नभेटिएपछि आज बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको हो । अब साउन ४ गते ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका हुन् ।

आजै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको छलफलमा पनि सहमति जुटेको थिएन । तर पनि स्थायी कमिटी बैठक बस्ने भनिएको थियो । तर बस्दै नबसी दुई दिन पछि बस्ने गरी स्थगित गरिएको हो । आज विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर ३ बजे पनि नबस्ने गरी साउन ४ गतेका लागि अर्को मिति तय गरिएको छ ।

जनाअवजको टिप्पणीहरू