सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण कार्य धमाधम हुदै

बोलन्या थली | २ श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण कार्य धमाधम हुदै

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सबै जसो विद्यालयहरूमा पाठ्यपुस्तक वितरण कार्य भइरहेको छ ।पुस्तक लिन सम्बन्धित विद्यालय पुगेका विद्यार्थी र अभिभावकहरूलाई पुस्तक पाए पनि कहिलेबाट विद्यालय सुरु हुन्छ भन्ने अन्यौलता भने कायमै छ ।

कोरोना संक्रमण बढ्न थालेपछि विगत तीन महिना देखी शिक्षण संस्था ठप्प छन् । तर, अधिकांश बिद्यार्थिहरुको भने पठाइ प्रभावित भएको छ। केही विद्यालय प्रविधिको प्रयोग गरेर अध्यापन गराउने बताएको छ ।तर, त्यो पनि प्रभावकारी नहुँने अभिभावकहरू बताउँदै आएका छन् ।

विद्यालय नलाग्दा अहिले बालबालिबाकाहरु खेलेरै दिन बिताउने गरेको   धनगढीका बामदेव जोशीले बताए । उनले यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु पनि जोखिमपूर्ण हुने बताए ।

विद्यालय सुरु हुने अन्यौलता भए पनि विद्यालयबाट पाठ्यपुस्तक वितरणको काम भने धमाधम भइरहेको छ ।सरकारले बिद्यायहरुलाई क्वारेनटिन रूपमा प्रयोग गरेको हुँदा तत्काल विद्यालय सञ्चालन गर्न कठिनाइ हुन सक्ने कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले बताए ।

अहिले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयले प्रदेशका सबै स्थानीय तहमा पुस्तक पठाइसकेको जनाएको छ । नयाँ शैक्षिक सत्रका लागि प्रदेशमा २३ लाख ५० हजार थान पाठ्यक्रम आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख भुपीन्द्र बोहराले बताए ।

उनले ती मध्ये २१ लाख ८० हजार सबै विद्यालयहरूमा पुगिसकेको बताए ।अझै ७५ हजार थान पाठ्यक्रम आउन बाकी रहेकाले त्यो पनि चाडै आउने जनाएको छ ।

जनाअवजको टिप्पणीहरू