नयाँ युवा नयाँ सोच, नेपालद्वारा अनलाइनमार्फत राष्ट्रव्यापी वक्तित्वकला प्रतियोगिता सम्पन्न


धनगढी – नयाँ युवा नयाँ सोच, नेपालको राष्ट्रव्यापी वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । तार्किक विचारहरुको अभिव्यक्ति भन्ने मुल नाराका साथ नयाँ युवा नयाँ सोच, नेपालले भर्चुअल माध्यमबाट आयोजित खुल्ला राष्ट्रव्यापी वक्तित्वकला प्रतियोगिता (NYNSN) वाक युद्ध-२०७७ आज सम्पन्न भएको हो । प्रतियोगितामा पाल्पाका सन्दीप थापा प्रथम, रुपन्देहीका प्रवेश आचार्य द्वितीय र पाल्पाकी रियाज नेपाल तृतीय भएकी छिन् । संस्थाका अध्यक्ष मुकुन्द दिप मडैका अनुसार उनिहरुलाइ क्रमश नगद रु तीन हजार,दुई हजार र एक हजार साथै सम्पुर्ण सहभागीहरुलाइ प्रमाणपत्र उपलब्ध गराइएको बताए । असार २९ गते कार्याशाला तथा अभिमुकरण गराइ असार ३० बाट सुरु भएको उक्त प्रतियोगिता विभिन्न चरण हुँदै आज तेस्रो दिनमा सम्पन्न भएको कार्यक्रममा देशका सातै वटा प्रदेशबाट गरि जम्मा ८२ जना प्रतियोगिहरु उक्त प्रतियोगितामा सहभागी भएका थिए । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश उच्च अदालत बार दिपायलका अध्यक्ष अधिवक्ता शंकर दिप मडै, प्याब्सन नेपाल का सल्लाहकार तथा होराइजन शैक्षिक संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य तथा सु प महिला इन्चार्ज भागिरथी धामी लगायतको विशिष्ट आथित्यता रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा प्रमुख निर्णायक विनोद खत्री रहेका थिए । प्रतियोगिताको माध्यमबाट लकडाउनमा घर बसिरहेका विध्यार्थीहरुलाइ तथ्यपरक एवं तार्किक वाककला सिकाउनुका साथै देश भरिका युवाहरुलाइ एउटै मञ्चमा उपस्थित गराएर युहाहरु बिच सम्बन्ध विस्तारमा पनि मद्दत पुर्याइएको प्रमुख्स निर्णायक खत्रीले बताए । तीन दिन सम्म चलेको उक्त प्रतियोगितामा विश्व परिवेश देखी कोरोना हुँदै नेपालका शिक्षा,खेलकुद,कृषि, युवा, बालबालिका लगायत विभिन्न १७ वटा विषयवस्तुहरुमा सहभागीहरुले आफ्नो विचार व्यक्त गरेका थिए ।