नेपालमा थप एक सय ६७ जनामा कोरोना पुष्टि

बोलन्या थली | १ श्रावण २०७७, बिहीबार
नेपालमा थप एक सय ६७ जनामा कोरोना पुष्टि

काठमाडौँ । बिहीबार कोरोनाभाइरसका एक सय ६७ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय ६७ जना संक्रमित थपिएका हुन्।

यो सगै कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ। कोरोना निको भएर बिहीबार दुई सय १३ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ।आइसोलेसनमा छ हजार ५६ जना छन् भने क्वारेन्टिनमा २३ हजार पाँच सय मानिस रहेको उनले जानकारी दिए।

जनाअवजको टिप्पणीहरू