घरमा भित्र बाघ पसे पछि अछामका स्थानीय त्रसित


अछाम । जिल्लाको साँफेवगर नगरपालिका ५ नवाठाना स्थित कैलाश कुवंरको घरमा बाघ पसे पछि स्थानीय त्रसित भएका छन्। बिहीबार बिहान गाउँमा कुकुर लखेट्दै आएको बाघ कुवंरको घर भित्र पसेको हो।
बाघ घरभित्र पसेपछि कुवंरका परिवार झ्याल फुटाएर बाहिर निस्केका थिए। बाघ कुकुर सहित घरभित्र छिरेको वडा अध्यक्ष उजिर सिंह साउदले बताउनुभयो। सोही ठाउँमा तीन बर्ष पहिले बाघको आक्रमण बाट एक जना बालकको ज्यान गएको थियो।
बाघको उद्धारका लागि वन र प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौडेलले बताउनुभयो। उनले विशेष टोली आउन दुई दिन लाग्ने भएपछि प्रहरी, वन रक्षक र स्थानीयको सहयोगमा बाघको उद्धार गर्नु परेको बताए।